मेगा बैंक स्मार्ट (मोबाइल बैंकिङ्ग)

मेगा बैंक स्मार्ट हाम्रो मोबाइल बैंकिङ्ग सुविधामा सबैभन्दा नयाँ आविष्कार हो जुन हाम्रो मूल्यवान ग्राहकहरूलाई बेजोड आधुनिक दिनको बैंकिंङ्ग अनुभव पु¥याउने लक्ष्य राख्दछ । यो एकीकृत डिजिटल बैंकिंङ्ग सेवा हो जसले ग्राहकलाई तिनीहरूका मोबाइल फोन मार्फत मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग र डिजिटल भुक्तानीको सेवाहरूलाई एकै ठाउँमा प्रदान गरी सशक्त बनाउँदछ । ग्राहकहरुले अब आफ्नो मोबाइल को माध्यम बाट आफ्नो खाताहरुमा पूरा नियन्त्रण प्राप्त गर्न द्रुत, सरल र सुविधाजनक तरिकाहरु पत्ता लगाउन सक्नुहुन्छ । मेगा बैंकले भर्खरै आफ्नो मेगा बैंक स्मार्टलाई ख्छ।छ मा स्तरिकृत गरेको छ जसले विभिन्न आकर्षक सुविधाहरू प्रदान गर्दछ ।

विशेषताहरुः

१. फिंगरप्रिन्टद्वारा दुवै बायोमेट्रिक÷फेस आई डी लग–ईन र कारोबार पिन प्रयोग गर्न सकिने

२. खाता ड्यासबोर्ड जसले खाताको जानकारी गराउदछ जस्तै बचत खाता, ऋण खाता र ओभरड्राफ्ट

३. ग्राफिकल स्टेटमेन्ट र खाता ड्यासबोर्ड

४. क्यूआर कोड प्रयोग गरी बिभिन्न व्यापारी आउटलेटहरुलाई भुक्तानी गर्न सकिने

५. क्यूआर कोड प्रयोग गरी रकम सार्न सकिने

६. क्रेडिट कार्ड बिल भुक्तानी

७. युटिलिटी बिल भुक्तानी जस्तै विद्युतको बिल, खानपानीको बिल, इन्टरनेट भुक्तानी, केबल टिभी भुक्तानी, एयरलाइन टिकट    भुक्तानी, शिक्षा शुल्क भुक्तानी, चलचित्र टिकट भुक्तानी आदि

८. मोबाइल टपअप (एन.टी.सी प्रीपेड र पोस्टपेड, एन.सेल, एन.टी ल्यान्डलाइन, एडी.एस.एल, डिस होम, सिमटीभी, स्मार्टसेल आदि)

९.  रिचार्ज कार्ड (एन.टी जी.एस.एम, एन.टी सी.डि.एम.ए, डिस होम, ब्रोडलिंक, स्मार्टसेल आदि)

१०. ईसेवा वालेट लोड

११. निजी क्यूआर कोड

१२. इन्टर र इन्ट्रा बैंक रकम ट्रान्सफर

१३. प्रवर्धन ब्यानरहरु

१४. उत्साहजनक प्रस्ताव र छुटहरु

मेगा बैंक स्मार्टको लागि कसरी स्व–रेजिष्टर गर्ने

१. App Store/Google Play बाट मेगा बैंक स्मार्ट डाउनलोड गर्नुहोस्

२. मेगा बैंक स्मार्ट खोल्नुहोस् र “Not Activated Yet æ>æ Let's Get Started “ मा ट्याप गर्नुहोस्

४. तपाईको दर्ता गरिएको मोबाइल नम्बर र खाता नम्बर प्रविष्ट गर्नुहोस्

५. तपाईको एसएमएसमा प्राप्त भएको activation कोड प्रविष्ट गर्नुहोस्

६. तपाईको लग–ईन पासवर्ड सेट अप गर्नुहोस् (Minimum 8 character with alphanumeric combination one capital letter and special character)

७. तपाईको कारोबार पिन (४ अंक) सेट अप गर्नुहोस्

८. अब लग–ईन गर्नुहोस् र मेगा बैंक स्मार्टको मजा लिनुहोस्