मेगा भिसा स्वदेशी क्रेडिट कार्ड

मेगा भिसा स्वदेशी क्रेडिट कार्ड नेपाली रुपैयामा जारी गरिन्छ र नेपाल र भारतमा वैध छ । यो भुक्तानी प्रणालीको रूपमा प्रयोगकर्तालाई जारी गरिएको प्लास्टिक कार्ड हो जसको संयन्त्रले कार्डधारकको भुक्तानी गर्ने वचनको आधारमा नगद झिक्न वा वस्तुहरू र सेवाहरू किन्न अनुमति दिन्छ । कार्ड जारीकर्ताले उपभोक्ता (वा प्रयोगकर्ता) लाई क्रेडिटको सिमा प्रदान गर्दछ जहाँबाट प्रयोगकर्ताले व्यापारीलाई भुक्तानी गर्न वा नगद झिक्न सक्छन् ।

डेबिट कार्डबाट ग्राहकको बैंक खाताको उपलब्ध मौज्दातको साथ कारोबार हुने गर्छ भने क्रेडिट कार्डले उपभोक्ताहरूलाई कार्डमा तोकिएको सीमा अनुसार कारोबार गर्न अनुमति दिन्छ । यसकारण क्रेडिट कार्ड डेबिट कार्ड भन्दा फरक छ ।

विशेषताहरु:

  • नेपाल र भारतका सबै एटीएम र पोस टर्मिनलमा चलाउन सकिन्छ
  • नेपाल र भारत भित्र कुनै पनि भिसा द्वारा प्रमाणित (ख्दख्) अनलाइन व्यापारी वेवसाईट मार्फत सामान वा सेवाहरु को सुरक्षित खरीद को लागी भुक्तान गर्न सकिन्छ
  • ५% वा १००% विकल्पका साथ सुविधाजनक भुक्तानी प्रणाली
  • १५ देखि ४५ दिन सम्म निःशुल्क क्रेडिट अवधि (बिलको मितिमा आधारित)
  • उद्योगमा न्यूनतम सेवा शुल्क दर प्रतिवर्ष २४५ मात्र 
  • नगद झिक्न मिल्ने सीमा जम्मा क्रेडिट सीमा को १० ५ हुनेछ (नेपाल राष्ट्र बैंकको निति अनुसार परिवर्तन गर्न सकिने)
  • ३ बर्षको वैधता
  • भ्ःख् चिप आधारित सुरक्षित कार्ड
  • अतिरिक्त कार्ड प्राथमिक कार्डधारकको जीवनसाथी वा बच्चाहरूलाई जारी गर्न सकिन्छ
  • कारोबारको निःशुल्क एस.एम.एस सेवा प्राप्त गर्न सकिन्छ
  • मोबाइल र ईमेल ठेगाना दुबैमा बिलिङ्गको जानकारी प्राप्त गर्न सकिन्छ

आवश्यक कागजात ः

  • यदि तपाईं बैंकको खातावाला हुनुहुन्छ भने, कृपया प्थ्ऋ विवरणहरू अप टु डेट छन् भनेर निश्चित गर्नुहोस्। यदि तपाईंसँग बैंकसँग खाता छैन भने, तपाईंले खाता खोल्न आवश्यक हुनेछ
  • आधिकारिक कर्मचारीले हस्ताक्षर गरेको आधिकारिक पत्रमा हालको वार्षिक वेतन प्रमाणपत्र
  • कम्पनी दर्ता प्रमाणपत्रहरू, कर दर्ता प्रमाणपत्र, हालको करचुक्ता प्रमाणपत्र, सेयर रेजिष्टर्ड बुक र स्वरोजगार व्यवसायीका लागि पछिल्लो लेखा वित्तीय प्रतिवेदन
  • भाडा आय जस्तै अन्य आय स्रोतहरू छन् भने अतिरिक्त थप एक बर्षको लागि मान्य सम्झौतापत्र
  • मेगा बैंक नेपाल लिमिटेडमा मुद्दती, चालू वा बचत खातामा मौज्दात रोक्का गरी लिनका लागि क्रेडिट कार्ड लिन चाहनेहरूलाई कुनै आय प्रमाणपत्र आवश्यक पर्दैन
  • कुनै पनि वाणिज्य बैंकको पछिल्लो तीन महिनाको खाता विवरण
  • कार्ड आवेदकको हालसालको पासपोर्ट साइज फोटो (र अतिरिक्त कार्ड आवेदक लागू भएमा)
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि

सुरक्षा विधिहरु

  • कसैलाई क्रेडिट कार्ड पिन खुलाउ नगर्नुहोस्
  • हराएको वा चोरी गरिएको कार्ड तुरुन्त रिपोर्ट गर्नुहोस्
  • एटीएम पिन बारम्बार परिवर्तन गर्नुहोस्
  • कारोबार प्रमाणिकरणको लागि नियमित रुपमा खाता विवरण जाँच गर्नुहोस्
  • प्रत्येक कारोबार पछि एस.एम.एस र ईमेल जाँच गर्नुहोस््
  • कुनै पनि विवाद वा कुनै पनि असामान्य गतिविधिहरू फेला पर्दा तुरुन्त बैंकलाई सम्पर्क गर्नुहोस्

शुल्कहरू

फाराम डाउनलोड गर्नुहोस्